प्रदेश नं २ मा १०३ तहको नतिजा आयो, कस्ले कति जिते ?


 


काठमाडौं, असोज ७
प्रदेश नं २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । अहिले बिहाम ११ः३० बजेसम्म प्राप्त भएको परिणाम अनुसार १०३ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

जसअनुसार नेपाली कांग्रेसले ३२ वटा स्थानीय तह जितेको छ । त्यस्तै संघीय समाजवादी फोरमले २० वटा स्थानीय तह जितेर दोस्रो पोजिसनमा पुगेको छ । राजपाले १८ तह जितेको छ भने माओवादी केन्द्रले १७ वटा तहमा जित हासिल गरेको छ ।

त्यस्तै एमाले ११ फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल १ र नयाँ शक्तिले एउटा स्थानीय तह जितेका हुन् । अब ३३ वटा स्थानीय तहको मात्र अन्तिम नतिजा आउँन बाँकी छ ।

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्