काठमाडौंमा प्रहरी र गुण्डा चक्रे मिलन समूहबीच गोली हानाहान, एक घाइते


 


काठमाडौं, असोज ६
काठमाडौंमा गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच गोली हानाहान भएको छ । पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन् ।

शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका टोलीले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको काठमाडौंका एसएसपी दिवेश लोहनीले बताए।

प्रहरीमाथि गोली चलाइएपछि जवाफमा प्रहरीले चलाएको फायरिङबाट एक जना घाइते भएको उनको भनाइ छ । प्रहरीको गोली लागेर रामेश्वर गौतम घाइते भएका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल भर्ना गरेको छ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्