को बन्दैछ आज प्रथम नेपाल आइडल ?


 


काठमाडौं, असोज ६
व्यग्र प्रतिक्षापछि आज नेपाल आइडलको घोषणा हुँदैछ । ग्राण्ड फिनालेमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामा छन् । उनिहरुमध्ये को प्रथम नेपाल आइडल बन्ला ? चासोको विषय बनेको छ ।

एपीवान टिभीबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहाबाट केही समयपछि शुरु हुँदैछ । ग्राण्ड फिनाले कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ ।

कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी छन्। फिनालेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका कलाकारको उपस्थिति छ ।

त्यस्तै गायक हेमन्त राना, हांस्यव्यंगकलाकार नारद खतिवडा, तेरिया मगर लगायतका कलकारहरु पनि आइडलका आकर्षण रहेका छन् ।

प्रथम नेपाल आइडलले २० लाख नगद सहित महिन्द्र केयुभी १०० गाडी र १५ लाखको एल्बम कन्ट्याक्ट हुनेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: १५ र १० लाख नगद पाउँदैछन् ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्