बच्चाको रगतमा सिसैसिसा


 


काठमाडौं, साउन १५

तपाईँका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन् ? रिसाउने र एकान्त मन पराउनेजस्ता असमान्य आनीबानी देखाइरहन्छन् । उनीहरुको उमेर अनुसार शारीरिक र मानसिक विकास भएको छैन ?

यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ । उनीहरुको रगतमा हानीकारक लिड सिसाको मात्र बढी हुन सक्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको प्रतिवेदन अनुसार उपपत्यकाका ३ जिल्लाका बालबालिकाको रगतमा लिडको मात्र अत्यधिक भेटिएको हो ।

परिषदले लिडजन्य सामग्री र खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो।

घर रङरोगन गर्ने पेन्ट्स, खेलौना, लिपस्टिकमा बढी मात्रामा लिड पाइने गरेको छ। यस्ता लिड हावा तथा धुलोको कणबाट श्वासप्रश्वास, खाना तथा अन्य माध्यममार्फत शरीरभित्र पुगेपछि रगत संक्रमित हुन्छ र असर देखा पर्छ।

परिषदका प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालका औसत बालबालिकामा लिडको मात्रा न्यूनतम सीमाभन्दा धेरै बढी र तत्काल अस्पताल भर्ना गरिहाल्नुपर्ने तहभन्दा केही मात्रै कम छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार रगतमा लिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनु हुन्न। ४५ भन्दा बढी भए अस्पताल भर्ना गर्नुपर्छ। सयभन्दा बढी भए तत्काल मृत्यु हुन्छ।

धिमालका अनुसार अध्ययन गरिएका बालबालिकामध्ये ९.३ प्रतिशतको रगतमा मात्रै लिड शून्य थियो। २६ प्रतिशतमा ०.१ देखि ५ मिलिग्राम डेसिलिटर र अन्यमा झन्डै अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नजिक थियो। भनेर आजको नागरिक दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्