वीरगञ्ज महानगर अपडेटः यस्तो आयो पछिल्लो मतपरिणाम


 


वीरगञ्ज, असोज ६
प्रदेश नम्बरको एकमात्रै महानगर वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले अग्रता जारी राखेको छ ।

कांग्रेस राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भन्दा ४० मतले अगाडि छ । यहाँ कांग्रेस र राजपाबीच कडा प्रतिस्पर्धा देखिएको छ।  कांग्रेसले मेयरमा ३९६० र उपप्रमुखमा ४६२४ मत प्राप्त गरेको छ भने राजपाले मेयरमा ३९२० र उपमेयरमा ३२२९ मत प्राप्त गरेको छ ।

त्यस्तै, तेसो नम्बरमा रहेको संघीय समाजबादी फोरमले मेयरमा ३५५० र उपमेयरमा ३४१८ मत प्राप्त गरेको छ । चौथाे नम्बरमा रहँदै माओवादी केन्द्रले मेयरमा २४४९ मत र उपमेयरमा १६२१ प्राप्त गरेको छ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्