महोत्तरीमा कांग्रेसले खाता खोल्यो, लोहारपट्टीमा जित हाँसिल


 


महोत्तरी, असोज ६
प्रदेश नम्बर २ को स्तानीय तह निर्वाचन अन्तर्गत नेपाली कांग्रेसले महोत्तरीमा कांग्रेसले खाता खोलेको छ । कांग्रेसले लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा जित हाँसिल गरेको छ ।


कांग्रेसबाट मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४ हजार ५२३ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका हविव राईनले २ हजार ९२९ मत प्राप्त गरे ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी सरितादेवी शर्मा ४ हजार ५५२ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी निशा साहले ३ हजार १०३ मत प्राप्त गरे पराजित भइन् ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्