प्रदेश नं २ मा कांग्रेस पहिलो पार्टी हुने निश्चित, यी हुन् कांग्रेसले जितेका स्थानीय तह ? (सूचिसहित)


 


काठमाडौं, असोज ६
प्रदेश नं २ अन्तरगतका ८ जिल्लामा असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेस शिर्ष स्थानमा छ ।

प्रदेश नं २ मा १३६ स्थानीय तहमध्ये ३७ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । जसअनुसार कांंग्रेसले अहिलेसम्म १४ वटा स्थानीय तहमा आफ्नो जित हासिल गरेको छ ।

कांग्रेसले अझै २३ वटा स्थानीय तहमा आफ्नो अग्रतालाई कायमै राखेको छ । प्रदेश नं २ को अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि नेपाली कांग्रेस पहिलो पार्टी भने हुने पक्कापक्की जस्तै भएको छ । कांग्रेसलाई मधेश केन्द्रित राजपालाई पछ्याइरहेको छ भने एमाले माओवादी पनि पछ्याइरहेका छन् ।

यी हुन् नेपाली कांग्रेसले जितेका स्थानीय तह

१. भूवनेश्वर धामी, करैयामाई गाउँपालिका, बारा

२. बद्रीनारायण मण्डल, धनौजी गाउँपालिका, धनुषा

३. अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका, धनुषा

४. ब्रहृमदेव यादव, औरही गाउँपालिका, धनुषा

५. कृष्णप्रसाद बर्मा, रामनगर गाउँपालिका, सर्लाही

६. आमआश्रे साह, धनकौल गाउँपालिका, सर्लाही

७. परमानन्द यादव, बेल्हीचपेना गाउँपालिका, सप्तरी

८. निलाम्बर यादव, बिष्णुपुर गाउँपालिका, सप्तरी

९. शेष वकिल, परोहा नगरपालिका, रौतहट

१०. विश्वमोहन यादव, नवराजपुर गाउँपालिका, सिरहा

११. शियाराम राय, हरिपूर्वा नगरपालिका, सर्लाही

१२. शैलेन्द्रकुमार यादव, लोहारपट्टी नगरपालिका, महोत्तरी

१३. धनुषा, क्षिरेश्वर नगरपालिका, योगन्द्र पन्जियार

१४. रौतहट, गढीमाई नगरपालिका, श्याम यादव

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्