महोत्तरीका १२ स्थानीय तहः कहाँ कसको अग्रता ?


 


महोत्तरी, असोज ६
स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना भइरहँदा शुक्रबार विहानसम्म महोत्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अग्रता लिएको छ । मतगणना भइरहँदा जिल्लाका १२ वटा स्थानीय तहमध्ये पाँच तहमा राजपाले अग्रता कायम गरेको छ।


त्यस्तै, तीन तहमा माओबादी केन्द्र, दुईमा नेपाली कांग्रेस र माओबादी केन्द्र र संघीयउ समाजबादीले एक÷एक तहमा अग्रता लिएका छन् ।

जसमा जलेश्वर नगरपालिका, बलवा नगरपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका र मनरा शिसवा नगरपालिकामा राजपाले अग्रता लिइरहेको छ ।

तीन तह बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

त्यस्तै, लोहारपटटी नगरपालिका र औरही नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बाँकी पिपरा गाउँपालिकामा एमाले र एकडारा गाउँपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्