जितको खुसी साट्दा-साट्दै वडा सदस्यको मृत्यु


 


राजविराज, असोज ५
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहिबार मृत्यु भएको हो ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित भएकी थिइन । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए । जसोदेवीका एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्