३२ स्थानीय तहको नतिजा आयो, कस्ले कहाँ कति जिते ? (सूचिसहित)


 


काठमाडौं, असोज ६
प्रदेश नं २ मा असोज २ गतेको भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । बिहिबार राती १० बजेसम्म ३२ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ ।

प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानमा विजयी भएको छ । कांग्रेसले १० वटा स्थानीय तह जितेको छ । त्यस्तै राजपाले ६ वटा स्थानीय तहमा जित हासिल गर्दे दोस्रो स्थानमा छ भने एमाले र माओवादीले पाँच–पाँच वटा स्थानीय तह जितेका छन् ।

उपेन्द्र यादवको फोरमले ३ र विजय गच्छादारको फोरम लोकतान्त्रिकले दुई वटा स्थानीय तहमा जित हात पारेका छन् । त्यस्तै नेपाली जनता दलले पनि एउटा स्थानीय तह जितेको छ ।

कहाँ कस्ले कति जिते ?

नेपाली कांग्रेस

१. धनुषा, औरही गाउँपालिका–ब्रह्मदेव यादव

२. धनुषा, जनक नन्दनी गाउँपालिका–अब्दुल बारिक शेख

३. सिरहा, नवराजपुर गाउँपालिका –विश्वमोहन प्रसाद यादव

४. सप्तरी, विष्णुपुर गाउँपालिका–निलाम्बर यादव

५. सप्तरी, बेल्हीचपेना गाउँपालिका– परमानन्द यादव

६. सर्लाही, धनकौल गाउँपालिका–राम आश्रय साह

७. रौतहट, परोहा नगरपालिका–शेख वकिल

८. बारा, करैयामाई गाउँपालिका–भुवनेश्वर धामी

९. धनुषा, धनौजी गाउँपालिका – बद्रीनारायण सिंह

१०. सर्लाही, रामनगर गाउँपालिका – कृष्णप्रसाद बर्मा

राजपा

१. हंशपुर नगरपालिका, धनुषा–रेणु झा

२. कौडेना गाउँपालिका, सर्लाही–रामप्रसाद राय यादव

३. देवताल गाउपालिका, बारा–चन्दन सिंह

४. डाकनेश्वरी नगरपालिका, सप्तरी–शिवनारायण साह

५ . महोत्तरी गाउँपालिका, महोत्तरी– सुनिला यादव

६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही–विनाेदकुमार साह

नेकपा एमाले

१. सप्तरी, सप्तकोशी नगरपालिका–उत्तम कुमार शर्मा

२. पर्सा,पटेर्वा सुगौली गाउँपालिका–हरिनारायण चौधरी

३. धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका–मनोज यादव

४. धनुषा,बटेश्वर गाउँपालिका–डम्बर बहादुर राउत

५. सिरहा, नरहा गाउँपालिका –रामशरण यादव

माओवादी केन्द्र

१. सिरहा, कर्जन्हा नगरपालिका- स्गंगा पासवान

२. सिरहा, अर्नमा गाउँपालिका– ठकु महतो कोइरी

३. सिरहा, औरही गाउँपालिका – सिद्धार्थ यादव

४. पर्सा, ठोरी गाउँपालिका- पदम लाल श्रेष्ठ

५. रौतहट, मौलापुर नगरपालिका– रिनाकुमारी साह

संघीय समाजवादी फोरम

१. सिरहा, विष्णुपुर गाउँपालिका-जागेश्वर यादव

२. सिरहा,भगवानपुर गाउँपालिका –बेचनप्रसाद यादव

३ सर्लाही, पर्सा गाउँपालिका–किसुनदेव राय

फोरम लोकतान्त्रिक

१. रौतहट, ईशानाथ नगरपालिका– सन्तोष मेहता

२. सर्लाही, विष्णु गाउँपालिका –जवाहरलाल यादव

नेपाली जनता दलले स्थानीय तह

१. कालिकामार्इ गाउँपालिका, पर्सा

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्