प्रदेश नं २ मा माओवादीको चमत्कार, एमालेलाई छाड्यो, कांग्रेसलाई पछ्याउँदै


 


काठमाडौं, असोज ५
प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चमत्कार गरेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र प्रदेश नं २ मा दोस्रो पोजिसनमा देखिएको छ ।

हालसम्म उसले पाँच वटा स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको छ । प्रदेश नं २ मा कांग्रेस पहिलो स्थानमा छ भने सुरु देखि नै दोस्रो पोजिसनमा देखिएको एमालेलाई माओवादीले पछि पार्दे दोस्रो स्थान खोसेको छ ।

माओवादीलाई राजपाले पछ्याइरहेको छ । एमाले दोस्रो पोजिसनबाट चौथो पोजिसनमा झरेको छ । अहिलेसम्म कांग्रेस १०, माओवादी ५, राजप ५, एमाले ४, संघीय समाजवादी ३, फोरम लोकतान्त्रिक २, र नेपाल संघीय समाजवादी पार्टीले एउटा स्थानीय तहमा जित हासिल गरेका छन् ।

प्रदेश नं २ को आठ जिल्लाका १३६ स्थानीय तहमध्ये ३० वटा स्थानीय तहको परिणाम आएको हो । माओवादी केन्द्रले दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकामा विजयी भएको हो । माओवादीले सिरहाका तीनवटा स्थानीय तह जितेको छ ।

सिरहाका औरही, अर्नामा गाउँपालिका र कर्जन्हा नगरपालिका जितेको हो । त्यस्तै रौतहटको मौलापुर नगरपालिका र पर्साको ठोरी गाउँपालिका पनि जित निकालेको छ । माओवादी केन्द्रले १६ वटा स्थानीय तहमा अग्रता लिइरहेको छ ।

माओवादीले जितेका स्थानीय तह र प्रमुख

१. सिरहा, औरही गाउँपालिका – सिद्धार्थ यादव
२. सिरहा, अर्नामा गाउँपालिका–ठकु महतो कोइरी
३. सिरहा, कर्जन्हा नगरपालिका–गंगा पासवान
४. रौतहट, मौलापुर नगरपालिका – रिनाकुमारी साह
५. पर्सा, ठोरी गाउँपालिका – पदमलाल श्रेष्ठ

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्