बाराको कलैयामा एमालेले फोरमलाई उछिन्यो, जिल्लाका दुईवटै उपमहानगरमा अग्रता


 


बारा, असोज ५
बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो ।


एमालेको मेयरका उम्मेद्वार विनोद साहको पक्षमा १ हजार ७ सय ११ मत खसेको छ भने संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार प्रमोदकुमार गुप्ताले १ हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।

यसंगै बाराका दुईवटै उपमहागरपालिकामा एमालेले अग्रता लिएको छ। बाराको जितपुर सिमरा उपमहागरपालिकामा पनि एमाले उम्मेद्वारले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

एमाले उम्मेद्वार कृष्ण पौडेलले ५ हजार ७ सय ७० मतसहित अग्रस्थानमा छन् भने माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ४ हजार ७ सय ५० मतसहित उनलाई पछ्याइरहेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्