लोकतान्त्रिक फोरमले खाता खोल्यो, इशानाथको मेयर बने सन्तोष


 


रौतहट, असोज ५
नेपाल लोकतान्त्रिक फोरमले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता खोलेको छ । लोकतान्त्रिक फोरमले रौतहटको ईशानाथ नगरपालिकामा जित हात पारेको हो ।

यहाँ लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५ हजार ७८५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन विजयी भएकी छन् । उनी ५ हजार २३६ मत लाएर विजयी भइन् ।

 

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्