धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी


 


जनकपुरधाम, असोज ४
राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहमा पहिलो जित हासिल गरेको छ । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित विजयी भएका हुन्।

उनिहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार प्रदीप कुमार यादवले ३ हजार २२९ मत र नगर उपप्रमुखका उम्मेदवार रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गरेका थिए । तेस्रो चरणमा भएको प्रदेश नं २ को निर्वाचनको मत परिणाम घोषणा गर्ने यो नै पहिलो स्थानीय तह हो ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्