सुनको मूल्य फेरि बढ्यो, कति छ आज ?


 


काठमाडौं, असोज ४
केही दिनदेखि घट्दै गएको सुनको मूल्य आज फेरि बढेको छ । आज सुनमा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीमा पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्