सिरहाका तीन स्थानीय तहको ताजा मतपरिणामः कहाँ को अगाडि ?


 


सिरहा, असोज ४
सिरहाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै तहमा फरक फरक दलले अग्रता कायम गरेका छन् ।

जसअनुसार अर्नमा गाउँपालिकामा १ हजार ३३२ मतसहति माओवादी केन्द्र अगाडि छ । माओबादी केन्द्रलाई ६९० मतसहित नेपाली कांग्रेस पछ्याइरहेको छ ।

त्यसैगरि एमालेको पक्षमा ६५६ मत खसेको छ । भर्खरै यो गाउँपालिकाको वडा नं. २ को अध्यक्षमा माओवादी केन्द्रका गंगाप्रसाद महतो ५२३ मत ल्याएर प्यानलसहित विजयी भएका छन् ।

कल्याणपुर नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार यहाँ राजपा नेपालले २ हजार १०९ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । राजपालाई पछ्याउँदै कांग्रेसले १ हजार ८८२ मत प्राप्त गरेको छ ।

कम मत अर्थात ६४६ मत ल्याएर माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । यो नगरपालिकाको वडा नं. १२ मा कांग्रेसका रामदेव यादव प्यानल विजयी भएका छन् ।

त्यस्तै, सुखीपुर नगरपालिकामा संघीय समाजबादी फोरमले अग्रता कायम गरेको छ। यहाँ फोरमले १ हजार १४ मत प्राप्त गरेको छ । फोरमलाई पछ्याउँदै नेकपा एमालेले ८८६ मत प्राप्त गरेको छ । कांग्रेसको पक्षमा ७६० मत खसेको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्