प्रदेश नम्बर २ को एकमात्रै महानगरबाट आयो यस्तो मतपरिणाम, कसको कति मत ?


 


वीरगञ्ज, असोज ४

प्रदेश नम्बर २ को एकमात्रै महानगर वीरगञ्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार ३५०० मत गन्दा राजपा नेपालले १ हजार २३९ मत प्राप्त गरेको छ ।

राजपालाई नेपाली कांग्रेसले ९६६ मतसहित पछ्याइरहेको छ । यहाँ तेस्रो स्थानमा रहँदै संघीय समाजवादी फोरमले ४७३ मत प्राप्त गरेको छ ।

माओबादी केन्द्रको पक्षमा ४०९ मत खसेको छ भने एमालेले ३२५ प्राप्त गरेको छ। त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमको पक्षमा २९३ मत खसेको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्