धनुषाका तीन स्थानीय तहः यस्तो आयो पछिल्लो मत परिणाम


 


धनुषा, असोज ४

धनुषाका विभिन्न तीन स्थानीय तहको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार दुई तहमा नेकपा एमाले अगाडि छ भने एक तहमा माओबादी केन्द्रले अग्रता लिएको छ।

जसअनुसार विदेह नगरपालिकामा नेकपा एमाले अगाडि छ । यहाँ एमालेको पक्षमा ४८४ मत खसेको छ । ४८० मतसहित कांग्रेस पछ्याइरहेको छ ।

माओबादी केन्द्रको पक्षमा ३५२ मत खसेको छ। यो नगरपालिकाको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेसले जित हात पारेको छ।

मिथिला नगरपालिकामा पनि ९६८ मतसहित एमाले अग्रस्थानमा छ । एमालेलाई ७७९ मतसहित नेपाली कांग्रेसले पछ्याइरहेको छ। यहाँ स्वतन्त्र उम्मेदवारले पनि ६७२ मत प्राप्त गरेका छन् ।

त्यसैगरि, गणेशमान चारनाथ नगरपालिकामा भने नेकपा माओबादी केन्द्रले अग्रता कायम गरेको छ । यहाँ माओबादी केन्द्रका उम्मेदवार प्रतिस्पर्धी भन्दा धेरै अगाडि देखिएका छन् ।

माओबादी केन्द्रको पक्षमा १ हजार १२३ मत खसेको छ । यहाँ माओबादीलाई ५०८ मतसहित नेपाली कांग्रेसले पछ्याइरहेको छ । नेकपा एमालेको पक्षमा ११७ मत खसेको छ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्