माधव नेपालको वडामा राजपा प्यानलसहित विजयी


 


रौतहट, असोज ४
नेकपा एमालेका बरिष्ठ नेता माधवन नेपालको गृहनगर गौर नगरपालिकाको वडा नम्बर २ मा राजपा प्यानलसहित विजयी भएको छ ।

यहाँ राजपाका राकेशकुमार झाको प्यानल विजयी भएका हो। गौरको वडा नम्बर १ मा फोरम लोकतान्त्रिकका भरत साहको प्यानल विजयी भएको छ ।

मेयरमा भने एमालेको अग्रता कायमै छ । एमालेको पक्षमा १ हजार २१४ खसेको छ भने १ हजार ४२ मतसहित राजपा पछ्याइरहेको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्