प्रदेश नम्बर २ मा कांग्रेस अगाडि, एमाले र माओबादीको टक्कर


 


काठमाडौं, असोज ४
स्थानीय तह निर्वाचन तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनको मतगणना जारी छ । सोमबार सम्पन्न निर्वाचनको अधिकांश मतगणना मंगलबार विहानदेखि सुरु भएको हो । अहिलेसम्म कुनै पनि तहको अन्तिम मत परिणाम सार्वजनिक हुन सकेको छैन ।


वडा तहको मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिलेसम्मको मतपरिणामलाई हेर्दा पहिलो र दोस्रो चरणमा एमाले भन्दा पछि परेको दल नेपाली कांग्रेसले २ नम्बर प्रदेशमा अग्रता लिएको छ ।

एमाले र माओबादीको तुलनामा कांग्रेसको अग्रता बढी छ ।  अहिलेसम्म नेपाली कांग्रेसले मेयर पदमा ४३ स्थान र उपप्रमुखमा ४५ स्थानमा अग्रता लिएको छ । यहाँ एमाले दोस्रो नम्बरमा परेको छ ।

प्रदेश नम्बर २ मा अग्रताका हिसावले एमाले र माओबादी नजिक नजिक छन् । एमालेले मेयर पदमा २४ र उपमेयरमा २१ स्थानमा अग्रता कायम गरेको छ । माओबादी केन्द्रले मेयरमा २२ र उपमेयरमा २४ स्थानमा अग्रता लिएको छ ।
उपमेयरमा माओबादी केन्द्र एमाले भन्दा अगाडि देखिन्छ ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजबादी फोरमबीच टक्कर छ। दुबै दलले १७÷१७ स्थानमा अग्रता लिएका छन् ।

उपमेयर पदमा संघीय समाजबादी १८ र राजपा १५ स्थानमा अगाडि छ । नेपाल लोकतान्त्रिक फोरमले भने यहाँ पाँच स्थानमा अग्रता कायम गरेको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्