वीरगंज महानगरपालिकाबाट आयो यस्तो परिणाम, कांग्रेस फस्ट, एमाले लास्ट (मतपरिणाम सहित अपडेट)


 


काठमाडौं, असोज ४
प्रदेश नं २ को एक मात्र महानगर वीरगंज महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । यसअघि राजपाका उम्मेदवारले अग्रता लिदै आएका थिए ।

यहाँ पाँच वटा वडाको १६ सय मात्र मत राती १२ः २० बजेसम्म गणना भएको वीरगंजबाट पत्रकार महेश दासले जानकारी दिए ।

प्राप्त मतपरिणाम अनुसार कांग्रेसका मेयरले ४४६ र उपमेयरले ४६२ मत प्राप्त गरेका छन् । त्यस्तै राजपाका मेयरले ३८० उपमेयरले ३९२, फोरमका मेयरले २४३ उपमेयरले २४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादीका मेयरले १७६ उपमेयरले १६३, फोरम ३ लोकतान्त्रिकका मेयरले १२० उपमेयरले ९३ र सबैभन्दा कम एमालेका मेयरले ८८ र उपमेयरले ९६ मत प्राप्त गरेका छन् । वीरगंज महानगरपालिकामा ३२ वडा रहेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्