१३५ वटा स्थानीय तहको मतगणना जारी, राजविराजको मतगणना किन भएन ?


 


काठमाडौँ, ३ असोज
प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुनेछ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्