विजयकुमार गच्छादार बने प्रधानमन्त्री


 


काठमाडौँ, असोज ३
राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नु भएकाले उहाँको अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छादारलाई जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्