सुध्रिएन माओवादी, भरतपुरमा झैं मतपत्र च्यात्न खोजेपछि मतगणना स्थगित


 


काठमाडौं, असोज ३

बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो ।

माओवादी केन्द्रका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै उनीहरुले विवाद झिकेका हुन् ।

प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले बताए ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्