१२ औं पटक अनसन बस्ने गोविन्द केसीको घोषणा, यस्ता छन् माग


 


काठमाडौं, असोज ३
चिकित्सा शिक्षाको सुधार गरिनुपर्ने माग राख्दै ११ औं पटक अनसन बसिसकेका डा. गोविन्द केसीले यहि असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गरेका छन् ।

माफियामुखी चिकित्सा शिक्षा ऐन पारित गर्ने साँठगाँठ भइरहेको भन्दै डाक्टर केसीले अनसनसहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

डाक्टर केसीले यसपटक तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, एमबिबिएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने, बर्खास्त गरिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानविन र कारवाही गरिनुपर्ने लगायत चार बुँदे माग अघि सारेका छन् ।

केसीले यसअघि ११ औं पटक अनसन बसिरहेका बेला तराईमा बाढीले नोक्सानी पुर्‍याएपछि उनी अनसन स्थगित गरी बाढी प्रभावित क्षेत्रमा गएर स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्