वीरगन्ज महानगरको मतगणना सुरु, तारजाली भित्र सीसी क्यामराको निगरानी


 


वीरगन्ज, असोज ३
स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा निर्वाचन भएको प्रदेशन नम्बर २ को एक मात्रै महानगर वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

सोमबार रातिदेखि नै मतगणना सुरु गर्ने प्रयास गरिएपनि ढिलोगरि मंगलबार विहान मध्यान्हबाट मात्रै मतगणना सुरु भएको हो ।

मंगलबार पनि विहान बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि मतगणना सुरु गर्ने सहमती गरेपनि झण्डै एक घण्टा ढिलोगरि मतगणना सुरु भएकाे छ । मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

मतगणनास्थलमा सुरक्षाका लागि तालजाली भित्र मतगणनाकाे व्यवस्था गरिएकाे छ । सीसीटिभी पनि जडान गरिएको छ । पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि यहाँ पनि सतर्कता अपनाइएको हो ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्