नेपाल वायुसेवा निगममा जागिर खुल्यो


 


काठमाडौ, साउन १४

नेपाल वायूसेवा निगममा जागिर खुलेको छ। प्रशासनतर्फको शाखा अधिकृत छैठो तहमा २४ जना, वरिष्ठ सहायक पाँचौँ तहमा १८ जना र सहायक पद चौथो तहमा ५६ जना, लेखा अधिकृत छैठौँ तहमा २३ जना, वरिष्ठ लेखा सहायक पाँचौ तहमा ६ जना र लेखा सहायक चौथो तहमा २१ जना गरी १४८ जनाको दरखास्त निगमले आव्हान गरेको छ ।

दरखास्त फारम निगमको संशाधन विभागबाट १ सय रुपैयाँ तिरेर लिन सकिने बताइएको छ। फारम भरेर आवश्यक शैक्षिक योग्यता तथा नागरिकता प्रमाणपत्रका नक्कल प्रतिलिपिहरु आफुले प्रमाणित गरी परिक्षा दस्तुर वापतको रकम काठमाडौँ उपत्यकामा रहेको नेपाल बैँक लिमिटेडको कुनै पनि कार्यलयमा निगमको खातामा रकम जम्मा गरेको भौचर सहित निगममा बुझाउनु पर्नेछ।

कार्यलय खुलेको दिनमा ११ बजे देखि २ बजेभित्र फारम बुझाइसक्नुपर्ने सुचनामा उल्लेख गरिएको छ। प्रथम पटक प्रकाशित भएको २१ दिनभित्र फारम बुझाउनुपर्ने बताइएको छ।

नेपाल वायू सेवा निगमले दरखास्त आव्हानबारे दिएको जानकारीः

१. उमेरः अधिकृत स्तरको लागि २१ वर्ष र सहायक स्तरका लागि १८ वर्ष उमेर पुरा भएको हुनु पर्नेछ । पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेकोको हुनुपर्ने छ ।

२.तलव स्केलः कम्पनीको प्रचलित तलव स्केल बमोजिम हुनेछ ।

३.नागरिकताः नेपाली नागरिक हुनुपर्ने

४‍. परीक्षण कालः निगमको नियमअनुसार

५. दरखास्त दिने अन्तिम मितिः प्रथमपटक प्रकाशित मितिले २१ औँ दिन। सो दिन विदा परे त्यसको भोलिपल्ट, सो म्याद समाप्त भएको मितिले सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ।

६.काम गर्नुपर्ने स्थानः निगमको केन्द्रिय कार्यलय वा अन्तर्गतका कार्यलयहरु

७.  छनोट प्रक्रियाः लिखित परिक्षा, कम्प्यूटरसम्बन्धी प्रयोगात्मक परिक्षा र अन्तर्वार्ता।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस

 

प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्