सुनको मूल्य घट्दै, कति पुग्यो आज ?


 


काठमाडौं, असोज ३
नेपाली बजारमा सुनको मूल्य आज थप दुई सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्