विरगञ्ज महानगरको मतगणना ११ बजेपछि मात्रै


 


वीरगन्ज, असोज ३
स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ को एक मात्रै महानगर वीरगन्ज महानगरपालिकामा साढे ११ बजेदेखि मात्रै मतगणना सुरु गर्ने सहमती भएको छ ।

एक मात्रै महानगरपालिका भएकै कारण चाँसोका साथ हेरिएको विरगञ्ज महानगरमा साढे ११ बजेदेखि मात्रै मतगणना सुरु गर्ने सर्वपक्षीय सहमती भएको हो ।

३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख पाँच आठ हजार पाँच सय १ मतदाता छन् । ती मध्ये ६१ हजार ६६६ र महिला ४६ हजार ८३२ छन् । तेस्रो लिङ्गी मतदाता ३ छन् । महानगरपालिका मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्