प्रदेश नम्बर २ मा एमालेले पनि खाता खोल्यो


 


धनुषा, असोज ३
नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका हुन् । उनी २६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा जितको पहिलो खाता माओबादी केन्द्रले खोलेको हो । नेपाली कांग्रेसले पनि यसअघि नै जितको खाता खोलिसकेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्