दुई नम्बर प्रदेशमा एमालेः प्रारम्भिक मतपरिणाममा पछारियो


 


काठमाडौं, असोज ३
स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले प्रदेश नम्बर दुई मा भएको निर्वाचनको प्रारम्भिक मतपरिणामा भने पछारिएको छ ।


तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार सम्पन्न निर्वाचनको आज विहानदेखि आउन थालेको प्रारम्भिक मतपरिणामा अहिलेसम्म एमाले कुनै ठाउँमा पनि अगाडि देखिएको छैन ।

यद्यपि, एमाले प्रभाव क्षेत्रमा खासै प्रारम्भिक मतपरिणा आउन सकेको छैन । केही ठाउँमा मतगणना सुरु भएको छ भने केही ठाउँमा मतगणना नै सुुरु हुन सकेको छैन ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्