यो हप्ता तीन दिन सार्बजनिक बिदा


 


काठमााडौं, असोज २
असोज महिनाको पहिलो साता तीन दिन सार्बजनिक बिदा परेको छ । एक हप्तामा छ दिन सरकारी कामकाच हुने गरेको नेपालमा यो हप्ता भने चार दिन मात्र काम हुने भएको छ, जसले सर्वसाधारणलाई समस्या पर्ने देखिएको छ ।

भोलि अर्थात मंगलबार संबिधान दिवस परेकोले सार्बजनिक बिदा सरकारले दिएको छ । यो दोस्रो संविधान दिवस हो ।

त्यस्तै बिहिबार पनि सार्बजनिक बिदा नै परेकोे छ । ५ गते नेपालीहरुको महान चाड बडादशैको सुरुवात अर्थात घटस्थापना हो । यो दिन पनि सार्बजनिक बिदा हुने गरेको छ । त्यस्तै ७ गते शनिबार परेकोले यो साता तीन दिन सार्बजनिक बिदा हुँदा सरकारी कामकाज गर्न सर्वसाधारणलाई समस्या हुने देखिएको छ ।

एक दिनको फरकमा सार्बजनिक बिदा हुँदा झन सरकारी काम गर्न सेवाग्राहीलाइसमस्या हुने भएको छ । असोजको दोस्रो हप्तादेखि दशैंको लगातार बिदा छ । तेस्रोे हप्ता पनि चार दिन बिदा छ भने चौथो हप्ता मात्र असोजमा बिदा छैन् ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्