साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा


 


काठमाडौं, असोज २
साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिनुभएको छ । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिनुभएको हो ।

उहाँहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताउनुभएको छ ।

तीनै जनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि आज आफैँ राजीनामा दिनुभएको थियो ।

विज्ञप्तिमा उहाँहरुले ‘स्वयं शिक्षा मन्त्रालयबाट समेत राजीनामाका बारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख गर्नुभएको छ ।

शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा डा बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्