मलेसियामा एक नेपालीको मृत्यु
दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुँदै आएका छ्न ।
खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन् । अत्याधिक ज्वारो आउने, खाना नरुच्ने र जिउ दुख्ने डेङ्गुका लक्षण रहेका चिकित्सकहरुको भनाइ छ ।
सुरुवातमै उपचार गरे निको हुने भए पनि हेलच्याक्राइँका कारण ज्यान जाने चिकित्सकहरु बताउँछ्न । मृतकको शब पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।
स्रोत अन्नपूर्णपोष्ट डटकम
प्रकाशित मिति: १४ श्रावण २०७२, बिहिबार