फूलको प्रयोगबारे ज्ञान दिन बिमानस्थल पुगे पुष्प व्यवसायी


 


५ हजार बढी हवाइ यात्रुलाई पुष्प गुच्छा बितरण

काठमाडौं, असोज २

फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानको रजत जयन्तीको अबसर पार्दै त्रिभुवन अन्तर्राट्रिय बिमानस्थलबाट आउने र जाने गरि ५ हजार भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रुलाइ पुष्प गुच्छा बितरण गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सम्पन्न पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रयोगका लागि जनचेतना जगाउने कार्यक्रममा पुष्प ब्यबसायीको बाक्लोे उपस्थिती रहेको थियो ।

स्वदेशमा उत्पादन हुने पुष्प तथा पुष्पजन्य बस्तुको प्रयोग गरौं र बताबरणलाई स्वच्छ राखौं भनेर सर्वसाधारणलाई जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कार्यक्रममा गुलाब, जर्बेरा लगायत अन्य कट फ्लावरको गुच्छा प्रदान गर्दै यात्रुहरुलाई स्वागत गरिएको थियो । अन्ताराष्ट्रिय टर्मिनलमा ३ हजार र आन्तरिक टर्मिनलमा २ हजार यात्रुहरुलाई पुष्प गुच्छा प्रदान गरिएको थियो ।

पुष्प ब्यबसायको बजार प्रबद्र्धन गर्न यस्तो किसिमको जनचेतनामूलक कार्यक्रमले ब्यबसायीलाई फाइदा पुग्ने पुष्प ब्यबसायी तथा ग्लोबल फ्लोराका अध्यक्ष संजीब कार्कीले बताए ।

खुशी र दुखको जुनसुकै बेलामा पनि प्रयोग गरिने पुष्पजन्य बस्तुहरुको प्रयोगलाई ब्यापक बनाउँदै नेपाली उत्पादनको प्रयोग अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने लक्ष फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्