सुन्दर बजारका कुरुप मान्छेहरुको कथा ‘लाटीको छोरो’


 


मधेसको एउटा गाउँ जहाँ डोम समुदायको बस्ति छ । त्यहि विचमा छ सुन्दर वजार तर नाटक हेर्दै जाँदा लाग्छ त्यो बजारको नाम जस्तै सुन्दर छैन त्यहाँ बस्ने मान्छेहरु पनि । नामले सुन्दर बजार तर आर्थिक, सामाजिक तथा राजनीतिक रुपले कुरुपवस्ती झैं लाग्छ । त्यहि बस्तिमा छिन् लाटी । लाटीको वरिपरि कथाको घनचक्कर छ । यतिवेला काठमांडौ अनामनगर मण्डला थिएटरमा नाटक लाटीको छोरा मन्चन भईरहेको छ ।

कथाको मुल पात्र लाटी हुन् तर लाटी जस्तै हजारौ चोट पीडा बोकेर, सहेर वसेकी एउटा कन्क्रिट पात्र हुन् पवित्रा । पवित्र गाउँकै सिङगो जीवन्त पात्र हो । पण्डित चन्द्रकान्त झा, व्यापारी सीताराम अग्रवाल, शिक्षक रामप्रसाद शर्मा शुन्दर वजारका आ–आफ्नै पेशा र स्वार्थ बोकेर वसेका पात्र हुन् जो कथाको वरिपरि देखिरहन्छन् ।

उनिहरु कालान्तरदेखि पवित्रलाई अपवित्र वनाउन तल्लिन हुन्छन् रातमा पवित्रकै भोकमा मस्त हुन्छन् अनि दिनमा उनै पवित्रलाई अपवित्रको संज्ञा दिदै झ्याली पिट्छन् मिठालाल यादवको चिया पसलमा । हो त्यहि भोगमा सामेल हुन गाउँमा नयाँ असई प्रेमवहादुर थापा पनि सामेल भएका छन् ।

नाटकमा लाटी र पुनित (अग्रवालका छोरा) को प्रेम देखिन्छ । उनै पुनितले नै पवित्र सँगै ति लाटीलाई बस्ने व्यवस्था गरेको हुन्छ । डोम बस्तीका सुर्जा डोमलाई सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा गरिएको थिचोमिचोका एउटा पात्रको रुपमा उभ्याईएको छ ।

सिमान्तकृत समुदायहरुलाई हतियार वनाएर पहुँचको आधारमा आफ्नो स्वार्थ पुरा गर्न न्यायको निशाफ गर्ने अर्का नेता विषनाथ कथाका वोल्ड पात्र हुन् । न्याय निशाफ गर्नेले नै आफ्नो स्वार्थ अनुकुल गरेको निर्णय हो भन्ने कथाको अन्त्यमा आएर अनुभुत हुन्छ जतिवेला अगाडिको मन्च चकमन्न अध्याँरो हुन्छ नाटक सकिन्छ ।

कथा एउटा समुदायसँग जोडिएर भनिए पनि यो कथाले हाम्रो सामाजिक चिन्तन र अवस्था वोल्छ । कथालाई कलात्मक रुपमा मन्चन गरिएको छ । नाटकको सवल पक्ष मन्चको परिकल्पना हो । जुन सुन्दर छ । किसन श्रेष्ठ र संयम महर्जनले नाटक प्रस्तुतीमा भरेको संगित र उनिहरुको गायनले हलमा उपस्थित दर्शकलाई कथामा मज्जाले डुवाउछ । कथा अनुसारका पात्र र पात्रले खेलेको भुमिका अभिनय सशक्त छ । खोट लगाउन सकिने कलाकार कुनै छैन ।

अवतार राई

केनिपा सिंहले लाटी पात्रमा निभाएको भुमिका अव्वल लाग्छ , पशुपति राईको पवित्र उस्तै सशत्त । नाटकमा घरिघरी हललाई हासोमय वनाउन हवल्दार वच्चु यादवको भुमिकामा प्रकाश दाहाल र असई प्रेमवहादुर थापाको भुमिकामा रहेका रियर राईको अभिनय पनि दमदारनै छ ।

शिक्षक सन्देश लामिछाने, डोम कुन्दन चौधरी पण्डित रोशन सुवेदी अग्रवाल राजन काफ्ले मिठालाल आयन खड्काको भुमिका अनुसारको अभिनय अव्वल छ । नेता विषनाथ को भुमिकामा देखिएका टिका पहारी को भुमिका अनुसारको अभिनय पनि शसत्त लाग्छ ।

नाटकमा सवै कुरा पाईन्छ । झण्डै १ घण्टा ३० मिनेट समयमा समाप्त हुने नाटक मन्चनका क्रममा वच्चु यादव र असई थापाको अभिनयले हलमा हासो उत्पन्न गराउछ , लाटी केनिपा सिहं र पवित्र पशुपति राई को अभिनयले दर्शक कथामा डुव्छ । पुनित र लाटीको निस्वार्थ मायाले अदिप्त अनुभुति दिलाउँछ ।

असहाय उत्पिडित र उपेक्षामा परेका समुदायको राजनैतिक आर्थिक तथा सामाजिक रुपले झनझन उपेक्षामा पारिनु उत्पिडनको शिकार वनाईनु जस्ता हाम्रा वर्तमान सामाजिक समस्या यो नाटकको मुल आशय हो । नेता विषनाथले पन्चभेलामा लाटी माथी अन्याय भएको महसुस गर्दागर्दै पनि उनको विपक्षमा फैसला सुनाईनुले यस्तै वोल्छ ।

नाटक सकिएपछि दर्शकलाई धेरै कुरा खेलाउँदै वाहिर निस्कन कथाले वाध्य वनाउछ । श्याम शाहको कथालाई सुलक्षण भारतीले मज्जाले निर्देशन गरेकी छन्, नाटकलाई सिगारेका छन् । नेपाली नाट्यक्षेत्र अर्थात रंङगमन्च यसरी शसत्त रुपमा आएको छ र नयाँ नयाँ प्रयोग र अभ्यासका साथ अगाडी वढिरहेको छ भन्ने भान गराउछ नाटक लाटिको छोरोले ।

नाटकभरी पुरै पात्रको अभिनय र त्यो पात्रको कलात्मक प्रस्तुती तथा भन्न खोजेको प्रत्येक संवाद तथा दृष्यले हरक्षण छोएपनि कथा सकिएर वाहिर निस्कदा दर्शकले लाटीलाई भने सँगसँगै वोकेर निस्कन्छ । लाटी अर्थात लाटीको भुमिकामा देखिएकी केनिपा सिहं । कथाका मुल पात्र लाटी अर्थात केनिपा सिहंको अव्वल तथा सशत्त भुमिकानै दर्शकको मस्तिष्क वरिपरि घुमिरहन्छ ।

[email protected]

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्