सप्तरीको हनुमानगरमा तनाव, राजपा र राप्रपाका कार्यकर्ताबीच झडप


 


सप्तरी, असोज २

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
तनावलाई व्यवस्थापन गर्न सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरेका छन् । सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । यहाँ एक हजार ३६४ मतदाता छन् । यहाँ पनि मतदाता लामबद्ध भएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्