चुडामणि शर्माको घरमा सिलिण्डर बम ! समयमै पुग्यो प्रहरी


 


काठमाडौं, असोज २
भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको घरमा सिलिण्डर
बम पड्काउने प्रयास भएको छ ।

शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास सिलिन्डर फेला परेको प्रहरीले जनाएको छ । बम पड्काउनका लागि आगो लगाउने प्रयास गरेको अवस्थामा सिलिन्डर फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले जानकारी दिए ।

उनले शर्माको गेटमा सिलिन्डर राखेर पड्काउने प्रयास भएको सूचनाको आधारमा प्रहरी घटनास्थिलमा पुगेको बताए ।

प्रहरीले समयमै प्रहरी पुगेका कारण पड्क तयार रहेको बमको आगो निभाएपछि कुनै क्षति भने हुन सकेन । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्