हङकङलाई हराउँदै नेपाल एसिसी यु-१९ च्याम्पियन, अब एशिया कपमा नेपाल


 


काठमाडौं, असोज १
नेपाल हङकङलाई हराउँदै एसिसी यु–१९ पूर्वी क्षेत्र छनौटमा च्याम्पियन बनेको छ। मलेसियामा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै नेपालले एशिया कप खेल्ने निश्चित भएको छ ।

पहिला ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा अलआउट भएर ७६ रन बनाएको थियो। ७७ रनको लक्ष्यसहित मैदानमा उत्रेको नेपालको तेस्रो ओभरको पहिलो विकेट गुमेको थियो ।

दोस्रो विकेटका लागि सन्दीप सुनारले अनिलकुमार साहसँग २८ रनको साझेदारी गरे गर्दा नेपाली इनिङ सुदृढ देखियो । हङकङका करनदीपले सातौं ओभरमा सन्दीप र अनिलकुमारलाई आउट गरे । सातौं ओभरमा सन्दीप र अनिलकुमारलाई आउट गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ३२.१ ओभरमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ र कसिलो फिल्डिङका सामु हङकङका ब्याट्सम्यान जम्न सकेनन् । पहिलो ओभरमै राग कपुरलाई अनिलकुमार साहको बलमा विकेट किपर आसिफ सेखबा क्याच भए ।

नेपालका लागि सन्दीप लामिछानेले ८ रन दिएर ३ विकेट लिए । ६.१ ओभर बलिङ गरेका उनी आज पनि सशक्त सावित भए । शाहब आलमले ७ ओभर बलिङ गर्दै ३ विकेट लिएर १५ रन खर्चिए । उनले दुई ओभर मेडन राखे। त्यसबाहेक अनिलकुमार साह र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

एसिसी यु १९ पूर्वी क्षेत्र छनौटमा सबै खेल जित्दै नेपाल च्याम्पियन बनेको हो । जितसँगै नेपाल एशिया कप खेल्ने निश्चित भएको छ।

प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्