नेपाली चेली मिरा राईले जितिन् बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड


 


काठमाडौं, असोज १
नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । १५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् ।

आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।

संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।

पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ । मिरा राईले यसअघि दर्जनौ अन्तराष्ट्रिय अल्ट्रा दौड जितिसकेकी छिन् ।

प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्