उपाधिका लागि नेपालले पायो ७७ रनको लक्ष्य, शाहब र सन्दिपले लिए तीन/तीन विकेट


 


काठमाडौं, असोज १
एसीसी यु–१९ इस्टर्न रिजनको उपाधिका लागि हङकङविरुद्ध आज भइरहेको फाइनल खेलमा नेपालले ७७ रनको लक्ष्य पाएको छ ।

किनरारा ओभल मैदान टस हारेर पहिलो व्याटिङको निम्तो पाएको हङकङले ३२‍.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । उसका हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालको लागि शाहब आलम र सन्दिप लामिछानेले समान तीन÷तीन विकेट लिए । यस्तै अनिल शाह र दिपेन्द्र ऐरीले एक÷एक विकेट लिए ।

फाइनल खेलको बिजेता टिम नोभेम्बरमा मलेसियामै आयोजना हुने एसियाली टेस्ट रास्ट्रहरु समेत खेल्ने यु–१९ एसिया कप खेल्न छनौट हुनेछ । यस अघि नेपालले सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो भने हंगकंगले सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।

हङकङ समुह ‘बि’ मा अपराजित रहँदै सेमीफाइनल यात्रा गरेको टिम हो भने नेपालले पनि हालसम्म सबै खेल सजिलै जितेको छ । हङकङले समूह चरणमा चीनलाई ९ विकेटले, म्यानमारलाई ९ विकेटले तथा मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।

नेपालले पनि समूह चरणमा थाईल्याण्डलाई २५५ रनले , भुटानलाई ९ विकेटले तथा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्