दूधकोशी, सुनकोशी पुलको शिलान्यास, विकास र समृद्धिको अाश


 


गाईघाट (उदयपुर), भदौ ३१
प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशी पुलको शिलान्यास गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए ।

उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

पुलको शिलान्यास कार्यक्रममा बोल्दै पूर्व मन्त्री एंव भोजपुर क्षेत्र नं २ का सांसद शेरधन राईले भने यो पुल तराई पहाड र हिमाललाई जोड्ने महत्वपूर्ण पुल हो, यसले विकास र समृद्धिको मूल ढोका खोल्छ ।

उनले समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । स्थानीयवासीले यो ठाउँमा लामो समयदेखी पुलको माग गर्दे आएका थिए ।

यो पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ । उक्त पुल राष्ट्रिय योजना आयोगको २२ करोड २५ लाखको लागतमा निर्माण हुन लागेको हो भने पुल निर्माणको कार्य रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाँैले शुरु गर्न लागेको हो ।

२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गरेका थिए ।

शनिबार नै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमा पर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गरेका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्