असोज २ : निर्वाचनमा मौसमको चुनौती कति ?


 


काठमाडौं, भदौ ३१
प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न चुनौतीको विश्लेषण र चुनाैतीसंग जुझ्ने उपायँहरु अपनाइएका छन् । तर, भैपरी अाउन सक्ने मौसम चुनौतीबाेर खासै चाँसाे दिइएको छनै । निर्वाचनको दिन कस्तो मौसम हुन सक्छ र त्यसको लागि के पूर्व तयारी गर्ने भन्ने बारेका खासै ध्यान दिइएको छैन ।

विगतमा पनि असोजकै महिना देशका कैयौं स्थानहरु डुबानमा परेका घटनाहरु ताजै छन् । यस पटक पनि निर्वाचनको दिन मौसमले साथ देला भन्न सकिँदैन । तरपनि त्यो विषयलाई मध्येनजर भने गरिएको छैन ।

कस्तो हुन्छ मौसमी अवस्था ?
असोज २ गते अर्थात निर्वाचनको दिन प्रदेश नम्बर २ मा छिटफुट वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले असोज २ गते मध्ये तथा पूर्व तराईमा हल्का वर्षा हुने अनुमान गरेको हो ।

चुनावको अघिल्लो दिन अर्थात असोज १ गते भने पूर्वी तराईमा मौसम सक्रिय हुने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले तीन दिन पछिसम्मको मौसमको अवस्था पूर्वानुमान गर्ने गर्छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्