काठमाण्डु म्याराथुनमा प्रतिस्पर्धा गर्न आइपुगे भोजपुरका दुई प्रतिस्पर्धी


 


काठमाडौं, भदौ ३०
शनिबार हुने ११ औं काठमाण्डु म्याराथुनमा प्रतिस्पर्धा गर्न पूर्वि पहाडी जिल्ला भोजपुबाट दुई प्रतिस्पर्धी काठमाण्डौ आएका छन् ।

२१ किलोमिटर हाफ म्याराथुनमा प्रतिस्पर्धा गर्न भोजपुर नगरपालिका–२ हैलौछाका रामबहादुर गुरुङ र षडानन्द नगरपालिका–१० साङपाङकी सुनिता राई काठमाण्डौं आएका हुन् ।

उनिहरुले शनिबार म्याराथुनमा प्रतिस्पर्धा गर्न आएका संसारभरका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्देछन् । उनिहरुलाई यो प्रतिस्पर्धामा भाग लिनका लागि दाँवाली मिलन क्लब काठमाडौंले समन्वय गरेको छ भने श्रेष्ठ टेलरिङले आर्थिक सहयोग गरेको छ ।

यी दुई प्रतिस्पर्धी गत बैशाख १ गते भोजपुरमा भएको भोजपुर–मैयुङ स्काई रेसका च्याम्पियन हुन् । गुरुङले ३३ किलोमिटर दौड ३ घण्टा २२ मिनेटमा पुरा गरेका थिए भने राईले ५ घण्टा १० मिनेट लगाएकी थिइन ।

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्