एमाले केन्द्रीय कमिटी बैठक असोज ६ देखि ८ गतेसम्म


 


काठमाडौँ, भदौ ३०

नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । काठमाडौँमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यसअघि वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।

“स्थानीय तहको पहिलो चरणको निर्वाचन अगाडि बैठक बस्ने तयारीमा थियौँ तर व्यस्तताले बस्न सकेनौँ”, उहाँले भन्नुभयो, “अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।”

बैठकले दुवै संसद्का समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ । रासस

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्