सुनको भाउ तोलामा फेरि तीन सय बढ्यो


 


काठमाडौं, भदौ ३०
बजारमा हिजो (विहीबार) मात्रै तीन सयले घटेको सुनको मूल्य आज फेरि तीन सय बढेर सोही ठाउँमा पुगेको छ । आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । विहीबार भने सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर सात सय ८५ रुपैयाँ कायम भएको छ । विहीबार चाँदी सात सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्