संयुक्त सैन्य अभ्यासको निरीक्षण


 


काठमाडौँ, भदौ  ३०

प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवलपरासीस्थित श्री नं २ वन तथा पर्यावरण गणअन्तर्गत दाउने सुरक्षा वेश तथा रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा सञ्चालन भइरहेको सैन्यअभ्यास सूर्यकिरण बाह्रौँ संस्करणको निरीक्षण गर्नुभएको छ ।

सो क्रममा उहाँले सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा यही भदौ १८ गतेदेखि सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासका बारेमा जानकारी लिनुभएको थियो ।

उक्त अभ्यासमा सहभागी फौजसँग उहाँले अन्तरक्रियासमेत गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्