राष्ट्रिय वाणिज्य बैंक भोजपुरमा एटिएम सेवा शुरु


 


भोजपुर, भदौ २९
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भोजपुरले बिहिबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । जिल्लामा रहेका नीजि बैङ्कले एटिएम सेवा सुरु गरेको लामो समयपछि सरकारी स्वामित्वमा रहेको वाणिज्य बैङ्कले यो सेवा सुरु गरेको हो ।

एटिएम मेसिन निकै अगाडि ल्याए पनि भवनको समस्याले सेवा सञ्चालनमा ढिलाई भएको कार्यालयको भनाई छ । कार्यालय परिसर भित्रै रहेको एटिएम मेसिनबाट बेलुका ८ बजे सम्म एटिएम कार्डबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

एटिएम सेवा सुचारु भएपछि एटिएम कार्ड भएकाहरुले लाइन बस्नु नपर्ने, समयको बचत हुने साथै चेक काट्ने झन्झटबाट मुक्त हुने नेपाल राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक उमेश नेपालले बताए ।

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्