नेपालले पायो ६८ रनको लक्ष्य, पवनले ६ विकेट झारे


 


काठमाडौं, भदौ २९
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजनमा नेपालले सिंगापुरलाई २८.३ बलमा अलआउट गर्दै ६८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८।३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो ।

सिंगापुरका लागि सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न पवन सर्राफले ६ विकेट लिए । उनले ८ ओभर बलिङ गरे भने अन्य ओभरमा १२ रन खर्चिए ।

किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । अब नेपालले व्याटिङको तयारीमा छ ।

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्