पोखरीमा युवकको शव, अनुसन्धान गर्दै प्रहरी


 


मोरङ, भदौ २८

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ ।

उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्